प्राय आफ्नो जन्मदिन साथीसँग नै मनाउँदै आएकी अभिनेत्री नम्रता श्रेष्ठले यसपटक भने संचारमाध्यमसँग खुशी साट्ने निर्णय गरिन् । नम्रताले आफूले नै संचालन गर्दै आएको रेष्टुरेन्टमा बोलाएर सय बढी संचारकर्मीसँग केक काटेकी थिइन् ।

अभिनेत्री नम्रता श्रेष्ठ ३३ बर्षमा प्रवेश गरेकी छिन् । उनले जन्मदिनमा आफूले हरेक सिनेमालाई विशेष रुपमा नै लिदै आएको प्रतिक्रिया पनि दिएकी छिन् । नम्रता जन्मदिनमा सेतो पहिरनमा उपस्थित थिइन् । जुन पहिरनमा उनको आकर्षण बेजोड देखिएको थियो ।

अभिनेत्री श्रेष्ठ अभिनित जाइरा सिनेमा भदौको ६ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको पोष्टर पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

For More videos Log on to Mazzako TV