बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ पछिल्लो समय खुबै रुचाइएका कलाकार हुन् । कमेडीको अलावा यि दुई चर्चित कलाकारहरु म्यूजिक भिडियो पनि जमिरहेका छन् । यसैबिच हैट र फुलन्देकी आमाको अभिनय रहेको ‘बुढेसकालको लौरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । प्रेमी-प्रेमीका र पति-पत्निबिचको प्रेम रोमान्सको कथालाई चर्चित संगीतकार दीपक शर्माले आफ्नो कथामा ढालेका छन् शब्द मार्फत । शर्माकै संगीत रहेको गीतमा मिन गुरुङ र बिना भट्टराईको स्वर रहेको छ ।

प्रेम र रोमान्स वैँश छँदाका मात्रै साहारा हुन् बुढेशकालमा एउटा अब्बल साथीको खाँचो पर्छ भन्ने कुरालाई मुख्य रुपमा देखाउन खोजीएको भिडियोको निर्देशन पछिल्लो समयका चर्चित अनि ब्यस्त निर्देशक युवराज वाईवाले गरेका हुन् । जसमा छायांकन उत्सव दाहालको रहेको छ भने सम्पादन विकाश दाहालले गरेका छन् । भिडियो फुलेन्देको आमा च्यानलबाट सार्वजनिक गरिएको छ ।

For More videos Log on to Mazzako TV