बलिउड अभिनेत्री सन्नी लियोनीले नाचेको नेपाली फिल्म पासवर्डको गीत रिलिज गरिएको छ । राजधानीमा कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको थियो । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर र विक्रम जोशीको शब्द छ । यो गीत यूकेमा खिचिएको हो । फिल्मको अधिकांश दृश्य पनि यूकेमा नै खिचिएको छ ।

सन्नी लियोनीलाई २ करोड भन्दा बढी दिएर यो गीतमा नचाइएको चर्चा चलेको थियो । सन्नीसँग पर्दामा विक्रम जोशी पनि देखिएका छन् । सन्नी लियोनी नाच्दा यो गीतको क्रेज बढ्न सक्छ । तर, सन्नी लियोनी नाचेको गीत रोजाइमा भने समस्या देखिएको छ । सन्नीलाई महंगो रकम दिएर नचाउँदा निर्मातालाई फाइदा होला कि नहोला, केही दिनमै थाहा लाग्नेछ ।

For More videos Log on to Mazzako TV