कलाकार दिपकराज गिरीले ५ वटा फिल्म बनाइसके । उनले निर्देशनमा हात हालेका भने छैनन् । उनले बनाएका ६ एकान ६ देखि छक्का पन्जा ३ सम्म सबै हिट छन् । छक्का पन्जाको सिरिज त ब्लकबस्टर नै हो । तर, दर्शकले भने दिपकराज गिरीले खेलेका र बनाएका सिनेमा झुर बन्न छाडेका छैनन् ।

दिपकराजलाई नराम्रो फिल्म बनाउने भनेर प्रतिक्रिया आएका छन् । दिपकराज भने २० करोड कमाएको फिल्म नराम्रो नहुने बताउँछन् । दर्शकले आफ्नो आफ्नो स्वाद भन्न सक्ने भनेर उनले भनेका छन् । तर, २० करोड कमाउने फिल्म नराम्रो नहुने र दर्शकले मन पराएरै २० करोड कमाएको दिपकले बताएका छन् ।

दिपकराज गिरीले आफूलाई २० करोड कमाएको फिल्मलाई नराम्रो भन्दा नराम्रो लाग्ने गरेको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV