जात्रै जात्रा फिल्म हिट भएपछि निर्देशक प्रदिप भट्टराइको डिमाण्ड बढेको छ । उनलाई फिल्ममा लिएर काम गर्नेहरुको चाहना बढेको छ । प्रदिपले नयाँ फिल्म कुन गर्छन् भनेर पनि चर्चा छ । उनले अभिनेता अनमोल केसीसँग फिल्म गर्न लागेको चर्चा छ ।

प्रदिप र अनमोल दुबै सहकार्य गर्न पाउँदा खुशी छन् । अर्कोतिर, उनी भद्रगोल टिमले बनाउन लागेको फिल्म फनफनीमा काम गर्न लागेको कुरा पनि छ । अष्ट्रेलियामा रहेका प्रदिप नेपाल आएर यो बिषयमा फाइनल हुने बताउँछन् । प्रदिपले फनफनीका लागि केही कुरामा सहमत हुन आवश्यक रहेको बताएका छन् ।

उनले जात्रै जात्राका निर्माता रविन्द्र सिंह बाँनियाको फिल्ममै काम गर्ने चर्चा पनि छ । यसरी प्रदिपको हातमा अहिले फिल्म नै फिल्म छ । उनले अनमोल समात्लान् कि भद्रगोल टिम वा आफ्नै फापेका निर्माता ?

For More videos Log on to Mazzako TV