विकासराज आचार्यको निर्देशनमा तयार भएको फिल्म नाई नभन्नु ल ५ युटुबमा रिलिज भएको छ । युटुबमा रिलिज भएसँगै यो सिनेमालाई दर्शकले अत्याधिक माया दिएका छन् । सिनेमा रिलिज भएको २ दिनमै ४० लाख भन्दा बढी भ्यूज पाएको छ ।

सिनेमालाई युटुबमा प्रतिक्रिया पनि निकै नै सुखद आइरहेको छ । सिनेमा हेर्ने अधिकांश दर्शकले आफू रोएको प्रतिक्रिया दिएका छन् । कतिपय दर्शकले सिनेमामा अभिनेत्री सेड्रिना शर्माको काम मन परेको बताएका छन् । सिनेमाले नेपाली बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । सिनेमा गतबर्षको हिटको सूचीमा पर्छ ।

For More videos Log on to Mazzako TV