नायक अनमोल केसी र सलिन मान बनिया नेपाली चलचित्र क्षेत्रका आश लाग्दा नायक हुन् । करीयरको सुरुवातीबाट नै राम्रो सफलता पाएका यि दुबैको स्टाइल उस्तै नै छ । अनमोल र सलीन, दुबै मिडियामा कमै देखिने नायक हुन् । आफ्नो फिल्म प्रदर्शनमा आउने बेला मात्रै उनिहरु मिडियामा देखिन्छन् ।

फिल्म रिलिज भएपछी न त यि दुई लाई भेट्न सकिन्छ न उनिहरु नयाँ चलचित्रको लागि हतारिन्छन् । तुलनात्मक हिसाबमा सलिन भन्दा धेरै फिल्म अनमोलका छन् । सलिनले भने दुई चलचित्रमा मात्रै काम गरेका छन् । झरना थापाको ए मेरो हजुर २ बाट डेब्यु गरेका सलिन र चलचित्र होस्टेल बाट डेब्यु गरेका अनमोल दुबै को फ्यान फलोवर्स प्रसस्तै छन् । उनिहरुलाई लेवल मेन्टेन गरेका कलाकार पनि भनिने गरेको छ ।

चलचित्र रिलिजको समय बाहेक अरुबेला गुमनाम रहने यि दुबैको काम गर्ने सैली उस्तै देखिन्छ । अनमोल र सलिन, दुबैको चलचित्र दर्शकका लागि प्रतिक्षित रहन्छन् । यि दुबै को चलचित्र गत चैत अन्तिममा एक्साथ रिलिज भएको थियो। त्यसपस्चात उनिहरु अब कुन चलचित्र गर्ने हुन् अहिले सम्म कुनै अधिकारिक जानकारी छैन । अनमोलले होम प्रोडक्सनको चलचित्रमा काम गर्ने कुरा छ भने सलिन अब के गर्छन्, केही जानकारी छैन ।

For More videos Log on to Mazzako TV