गत बुधवार रिलिज भएको सलमान खान स्टारर बलिउड फिल्म “भारत” अहिले चर्चामा छ । कटि्ना कैफ, सुनिल ग्रोभर समेतको दमदार अभिनय रहेको फिल्मले कृटिक्स र दर्शक दुबैको तारिफ बटुलिरहेको छ ।

उक्त फिल्ममा पहिले नायक बरुण धवनको केमियो रहने कुरा थियो । बरुणले उक्त फिल्मको छायांकन पनि गरेका थिए । तर, हलमा रिलिज भएको ‘भारत’मा भने बरुणको केमियो छैन् । बरुणको रोल काटिएपछि किन बरुणको रोल काटियो भन्ने कुरा प्रश्न धेरैको मनमा छ । यसको उत्तर दिदै फिल्मका निर्देशक अलि अब्बस जफरले प्रस्टाएका छन् । उनले भनेका छन् ‘हामीले छायांकनकै क्रममा यो रोल नहुन पनि सक्छ भनेर उहाँलाई भनेका थियौँ । त्यसमा उहाँ पनि राजी हुनुभएको थियो । अहिले हामीलाई बरुणले गरेको भूमिका चाहिएन जस्तो लाग्यो त्यसैले राखेनौँ ।’ उक्त विषयमा बरुण धवनको प्रतिकृया भने आएको छैन ।

For More videos Log on to Mazzako TV