आज सम्पन्न चलचित्र कलाकार संघको नयाँ निर्वाचनमा अध्यक्ष्य पदमा रविन्द्र खड्का बिजयी भएका छन् । १७ औं साधारणसभाबाट प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५८ मतले पछिपार्दै खड्का विजयी भएका हुन् ।

खड्काको पक्षमा २१८ मत झर्दा लामिछानेले १६१ मतमा चित्त बुझाइउँनु पर्याे । दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याइन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत पाए । अन्य दुइ उमेदवार मनोज केसी (१४२) र विनोद भट्टराई (९६) मतले पछि परे ।

यता महासचिवमा चेतबहादुर सिंह राजा (१८७) निर्वा्चित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याए । सचिव पदमा पनाह अधिकारी (१९४) विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १६९ मत पर्यो ।

यस्तै सह( कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य भारी मतले विजयी भइन् । उनको पक्षमा २२० मत पर्दा प्रतिद्वन्द्वी डिबी बम्जनले १३३ मत ल्याए । कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् ।

पदाधिकारी तर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका छन् । बिजयी सम्पुर्णलाई हाम्रो तर्फबाट मज्जाको बधाई तथा शुभकामना ।

For More videos Log on to Mazzako TV