नेपाली सांगीतिक क्षेत्रमा एक पछि अर्काे लोकप्रिय गीत रच्ने गीतकार हुन् हिमाँशु रायमाझी गोधुली । हालै उनको शव्दमा चर्चित गायिका मेलिना राई र डाक्टर मञ्जिल श्रेष्ठको आवाजमा परे परे मायामा बोलको गीतमा सार्वजनिक भएको छ । डा. मञ्जिल श्रेष्ठले चिकित्सक पेशामा भएतापनि थुप्रै गीतहरु आफ्नो आवाजामा सार्वजनिक गरि सकेका छन् । गीतमा भिम बिसीको संगीत रहेको छ भने बाबू प्रधानले एरेन्ज गरेबका हुन् ।

पोखराको मनोरम दृष्यमा छाँयाङ्कन गरिएको म्युजिक भिडियो निकै मज्जाको बनेको छ । भिडियोमा मदन घर्ती र सृजना जिसिको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन दिलिप समनले गरेका छन् भने ओम प्रसाइँको छायँकन रहेको छ । फराज अर्पणको कलर तथा सम्पादन रहेको भिडियोमा बिक्रम तामाङको ब्यबस्थापन छ भने पुर्णीमा श्रेष्ठले कलाकारहरु लाई राम्रो बनाउने काम गरेकी छिन् ।

For More videos Log on to Mazzako TV