नायिका आँचल शर्माबाट प्राय आफु आफ्नो स्टान्डर्ड मेन्टेन गरेर अघि बढ्ने कुरा आईरहन्छ। हत्तपत्त कुनै चलचित्र नगर्ने र राम्रो चलचित्र र राम्रो टिमको प्रस्ताव आएमा मात्रै काम गर्ने बताउने उनि अहिले म्युजिक भिडियोमा नै व्यस्त छिन्। नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेपछि उनले पाएको चर्चा र चलचित्र हेर्दा उनि सफल नै देखिन्छिन् अझ नायक पल शाह सँग उनको नाम जोडिएर झनै चर्चित भएको कुरा नकार्न मिल्दैन र उनले नि यो कुरा स्विकारेकी छिन्।

उनलाई राम्रो ब्यानरकै चलचित्रमा देखियो र उनका प्राय चलचित्र व्यवसायिक हिसाबले सफल रह्यो। त्यसैले आँचलको डिमान्ड र चर्चा बड्दै गयो। चलचित्र सङ्गै आँचललाई म्युजिक भिडियोमा पनि प्रशस्तै देखिन थालेको छ। उनी चलचित्रमा कम र भिडियोमा धेरै देखिन थालेकी छिन्। उनलाई चलचित्रको अफर नआएर म्युजिक भिडियोमा काम गर्दै छिन् या उनको इन्ट्रेस्ट म्युजिक भिडियोमा नै छ त्यो त उनैलाई थाहा होला तर उनी म्युजिक भिडियोमा नै मख्ख रहेको कुरा त उनले नबोलेनी उनका आईरहेका म्युजिक भिडियो आफैले बोलेको छ।

नायिका आँचल बाट अभिनेत्री आँचल बन्न नखोजेर उनि किन मोडेल आँचल बन्न खोज्दै छिन्? आँचललाई अहिले चलचित्रको अफर आएका छैनन् या म्युजिक भिडियो खेलेरै आफ्नो चर्चा चुल्याउन लागि परेकी छिन् या उनी म्युजिक भिडियोको सङ्ख्यामा कसैसँग प्रतिष्पर्धा गर्दै छिन्?

For More videos Log on to Mazzako TV