Sitaram Kattel 2उसो त हाँस्यकलाकार सिताराम कट्टेलले विभिन्न चरित्रहरु निर्वाह गरेर दर्शकलाई पेट मिची मिची हसाँउछन नै । तर सँगै सँगै पछिल्लो समय उनी म्युजिक भिडियो निर्देशनमा पनि ब्यस्त बन्न थालेका छन् । ‘मेरी बास्सै’मा धुर्मुस, मुस्कान पासा, खडानन्द गुरु, खड्काजी लगायत चचित्रहरु निर्वाह गरेका कट्टेलले यसपाली भने निकै भिन्न शैलीको गेटअप बनाएका छन् । कुखुराको भालेबाट निकै प्रभावित भएको हेर्दैमा अचम्म लाग्ने चचित्रको नाम ‘जुल्फे’ हो ।

सिताराम कट्टेलले यो ‘भाले गेटअप’ ४५ मिनेट लामो ‘जुल्फेको घर’ सट फिल्मको लागि बनाएका हुन् । ‘जुल्फेको घर’का मुख्य पात्र ‘जुल्फे’को थेगो पनि अचम्मकै छ, ‘एक्चुअल्ली पंचुअल्ली डिफिसेन्सी सेन्ड्रम’ । यो कस्तो थेगो हो ? त्यो थाहा पाउन त ‘जुल्फेको घर’ रिलिज भईन्जेल कुर्नै पर्नेहुन्छ । तर ‘जुल्फे’को तस्वीरहरु हेर्न भने कुर्नुपर्दैन । हेर्दै फरक देखिने ‘जुल्फे’ सार्वजनिक भईसकेका छन् । जुल्फेको गेटअपलाई सबैले मनपराईरहेको सिताराम खुशी हुदै सुनाउछन् ।

‘मैले अहिलेसम्म गरेको भुमिकाहरु मध्ये सबैभन्दा च्यालेन्जिङ्ग र उत्कृष्ट भुमिका जुल्फे कै हो’, सितारामको भनाई यस्तो छ । किन त ? उनले थपे, ‘यो क्यारेक्टरको हेयर स्टाईल, बोल्ने शैली, टोन र हाउभाऊ सबै कुराले गर्दा जुल्फे भिन्न छ,यो सट फिल्म प्रसारण हुने बित्तिकै सारा केटाहरु भाले कटको दिवाना हुनेछन् ।’

Sitaram Kattel 4

‘बिहान भालेले ‘कुखुरी काँ’ गर्दा जन्मेको कारणले गर्दा जुल्फेले भालेहरुको इज्जतको लागि कपालको गेटअप भालेको झै राखेको हो’, जुल्फे क्यारेक्टरको बारेमा जानकारी गराउदै सिताराम भन्छन् । जुल्फेको शरिरभरि भालेको मात्रै तस्वीर देख्न सकिन्छ,  चस्मामा पनि भालेकै स्टीकार टाँसिएको छ । ‘कसैप्रति मतलव नभएको संसारकै टिमुर्केको पात्र हो जुल्फे’, कट्टेल जानकारी गराउछन् ।

Sitaram Kattel 1

‘जुल्फेको घर’मा नायिका ऋचा शर्मा, पत्रकार प्रेम बानियाँ, रमेश अधिकारी, सुरवीर पन्डित, कमला रेग्मी, माधव पण्डित,शान्ति बस्नेत, बसन्त भट्ट लगायतका कलाकारहरुले अभिनय गरेका छन् । ‘जुल्फेको घर’को यतिबेला सुटिङ्ग सकेर धमाधम एडिटिङ्ग भईरहेको छ ।

Sitaram Kattel 3

‘जुल्फेको घर’ सट फिल्म देशभरि प्रोजेक्टरबाट देखाईनेछ साथै असारमा सबै टिभी च्यानलहरुबाट पनि प्रसारण गरिने छ । त्यस्तै ‘जुल्फेको घर’लाई सबटाईटल गरेर लगभग ७० वटा देशहरुमा देखाउने पनि बताईएको छ । ‘जुल्फेको घर’ ह्याबिटेन्ट फर ह्युमानिटी नेपालले बनाएको हो । ह्याबिटेन्ट फर ह्युमानिटी नेपालले स्थानिय स्रोत र साधनको प्रयोग गरि स्थानियहरुकै श्रमदान बाट घर बनाउन सहयोग गर्दै आएको छ ।

Sitaram Kattel 5

For More videos Log on to Mazzako TV