परमिता आर. एल. राणा मोडल, कलाकार हुँदै अहिले गायिका समेत भएकी छिन् । उनको स्वरमा “क्विन” बोलको गीत आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । पिरोको कम्पोज र शब्दमा बनेको उक्त गीतको भिडियो ‘सिके’ ले निर्देशन, एडिटिङ र निर्माण गरेका हुन् । गीतले सफलता र सफलता प्राप्तीको क्रममा समाज बाट हेरिने दृस्टिकोण लाई जित्ने उत्प्रेरणाका कुरा भन्छ । गायिका बनेकी परमिता लाई मज्जाको टिभीले सोही बिषयमा रहेर उनको सफलता र अघी बढ्ने बाटोमा आएका पिडाको बारेमा कुरा गरेको थियो ।

हेर्दा राम्रो परिवार, फिल्मी दुनिया, हाँसो रमाइलो भए पनि हरेक ब्यक्तीमा आफ्नो पिडा हुने परमिता स्विकार्छिन् । आफु पनि किसोर अवस्थामा डिप्रेसनको सिकार भएको उनले बताइन् । डिप्रेसनले उनलाई यसरि गांजेछ कि उनले आत्महत्या सम्मको बाटो पनि लिएकी रहिछन् । आत्महत्या प्रयास असफल पछी परिवारको ठुलो साथ र साथीभाईको हौसलाले आफुले नयाँ जिवन पाएको परमिता बताउँछिन् । आफु डिप्रेसनमा भएको स्विकार गर्न नसक्नु र स्वतन्त्र पुर्वक यसको उपचार प्रकृयामा जान नसक्नु नै ठुलो भुल हो भन्छिन् उनि । जो कोहीमा पनि यस किसिमको अफ्ट्यारो आउन सक्ने हुनाले समयमै सजग हुन युवालाई अनुरोध पनि गर्छिन् ।

https://youtu.be/qrCmZ3wPwWQ?t=45

For More videos Log on to Mazzako TV