ट्रोलका बिषयमा नम्रताको यस्तो अभिब्यक्ती
नायिका नम्रता श्रेष्ठ मिडियामा एकदम कम बोल्ने नायिका हुन। आफ्नो चलचित्र प्रदर्शनमा आउने समय बाहेक उनको अभिब्यक्ती मिडियामा कमै आउछ। उनी अभिनित चलचित्र जाइराको टिजर रिलिज कार्यक्रममा उनले ट्रोलसँग डराउने कलाकारलाई गतिलै प्रतिकृया दिईन। मिक्स मार्सल आर्ट्स खेलाडिको रुपमा नम्रता श्रेष्ठ आफ्नै ब्यानरको चलचित्र जाइरामा देखिदै छिन्।

रिभेन्ज स्टोरिमा आधारित जाइरामा नम्रता नै प्रमुख पात्र हुन र टिजरमा पनि उनी नै फोकस्ड छिन्।कार्यक्रममा फिल्म फोकस्ड भएर मात्र प्रश्न गर्न अनुरोध गरिएको थियो। शायद अन्य सब्जेक्टमा बोल्न नम्रतालाई सहज् नभएको हुन पर्छ तर कथाकै स्टोरीलाई जोड्दै ट्रोलका बिषयमा आएको प्रश्नमा नम्रताले सोसियल मिडियामा आफुले लेखेको कुरामा सधै राम्रो नै प्रतिक्रिया आउछ भन्ने छैन नराम्रो पनि आउछ।
त्यसैले आफु जस्तोपनि प्रतिक्रिया सुन्न तयार रहनु पर्ने बताईन्। पब्लिक फिगर भएपछि आफुले जे एक्सपोज गरेको हुन्छ त्यसको जवाफदेहिता आफुले नै लिन पर्ने र नकारात्मक र सकारात्मक दुवै प्रतिक्रिया स्विकार्न पर्ने भनिन्। आफुलाई राम्रो लागेको अरूलाई नराम्रो लाग्न सक्छ र त्सलाई सामान्य नै लिन पर्ने नम्रताको सुझाव छ।
नम्रता आफै पनि धेरै ट्रोल्ड भएकी नायिका हुन् तर उनी अनावश्यक कुरालाई ईग्नोर गर्दै अघि बढिरहेकी छिन्। सायद त्यसैले होला उनि अरूलाई पनि हर कुरालाई सामान्य लिदै अघि बढ्न सुझाव दिदै छिन्।
For More videos Log on to Mazzako TV