दोस्रो नेपाल आइडल रवी ओड र पुष्पा पौडेलको स्वरमा रहेको ‘दिलको फ्रेम’बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा देभल भण्डारीको शब्द तथा दिपक शर्माको संगीत रहेको छ ।

गीतको भिडियोमा नायक पुष्पल खड्का, नायिका आँचल शर्माको अभिनय रहेको छ । सुब्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा रवि ओडले पनि अभिनय गरेका छन् । भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन विकाश ज्ञवालीले गरेका हुन् । सुरेन्द्र बस्यालले यसमा कोरियोग्राफी गरेका छन् ।

For More videos Log on to Mazzako TV