नेपाली चलचित्र ‘कीर्तिपुरः दि लिजेन्ट अफ किर्तिलक्ष्मी’ ले आफ्नो रिलिज मिती तोकेको छ । असारको १३ रिलिज हुन लागेको चलचित्र फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि नै निर्माण थालिएको थियो । प्रदिप खड्गीको निर्देशन रहेको उक्त चलचित्रमा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारले अभिनय गरेका छन् ।

साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ मा लामो समयको मिहेनत रहेको निर्माण टिम बताँउछ । यस चलचित्रमा ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्व सँगको समन्वयमा निर्माण गरिएको बताइएको छ ।

For More videos Log on to Mazzako TV