नम्रता श्रेष्ठ अभिनित फिल्म ‘जाइरा’ को टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै नम्रताको एक्सन अवतारलाई प्रस्तुत गरिएको टिजर सार्वजनिक गरियो । टिजरमा नम्रतालाई मात्र प्रस्तुत गरिएको छ । उनि मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिकामा प्रस्तुत छिन् । छोटो कपाल र सुगठित शरीरमा देखिएकी नम्रताले बदलाको रुपमा आफुलाई ढालेको बुझ्न सकिन्छ ।

यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका आशुतोष राज श्रेष्ठले फिल्म मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए ।
भदौ ६ गतेदेखि अलनेपाल रिलिज हुने जाइरामा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ ।

For More videos Log on to Mazzako TV