आर्यनको क्रेज फर्किएको हो ?
नेपाली चलचित्र क्षेत्रमा पुराना कलाकारहरुको कम ब्याक बाक्लिदै गएको छ। फिल्म इन्डस्ट्रीको बिस्तार सँगै धेरै नयाँ कलाकारको जन्मा पनि भयो। औलामा गन्न सकिने केही नायक नायिकाले आफ्नो बर्चस्व देखाउन सफल पनि भए। सफलअता पाए सँगै उनिहरु डिमान्ड बड्यो र सेलेक्टिभ भएर काम गर्न लागे।

त्यसैले होला पुराना कलाकार फेरी प्रमुख भूमिकामा देखिन थालेका। यसको उदाहरण बनेका छन नायक आर्यन सिग्देल। नायक आर्यन सिग्देललाई पुराहो भनी हाल्न अली नमिल्ला तर उनी अहिलेका नाम चलेका हिरोहरु भन्दा पुराना नै हुन। विवाह गरेको केही समय पछी उनलाई चलचित्रमा कमै देखियो। अहिले बुवा पनि बनिसकेका आर्यन फेरी चलचित्रमा काम गर्दै छन।
लामो समय पछी उन्ले आँफै निर्माण गरेको चलचित्र कायरा मा उनलाई चक्लेटी रुपमा देखियो। त्यस्पछी उनी एक पछी अर्को गर्दै चलचित्रमा काम गर्दै छन। हजार जुनी सम्म र चा चा हुई मा काम गरिसकेका आर्यन निर्देशक दिवाकर भट्टराईको अघोसित चलचित्रमा पनि पक्का पक्की भइसके। उनी कुनै ताकाका सर्बप्रिय नायक हुन।
चक्लेटी हिरोका रुपमा परिचित उनको क्रेज बबाल थियो। चलचित्र कयरामा साम्रागीसँग देखिएका आर्यनले आफु अज्जै सबै सँग फिट हुन सक्ने साबित गरेका पक्कै हुन। त्यसैले उनलाई निर्माता निर्देशक आफ्नो चल्चित्रमा लिना उत्सुक नै छन।
चल्तिका नायक अनमोल केसी, प्रदिप खड्का, पल शाह, सालीन मान बानियाले बर्षको एउटा एउटा मात्रै चलचित्र खेल्न थालेको ले पनि उनी अहिले बिकल्प बनिरहेका छन। उनलाई अहिले चलचित्रको अभर भकाभक आउन थालेको छ ।
https://youtu.be/nyQAZNh3-hI