लोकदोहोरी गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसीको आवाज रहेको ”अक्सिजन“ बोलको गीतको भिडियो देवी म्युजिक सोलुसन मार्फत बजारमा सार्वजनिक भएको छ । माया प्रेमलाई मुख्य विषयबस्तु बनाइएको गीतमा प्रेमीकाले अर्कैलाई रोज्दा मनमा उत्पन्न हुने पिडालाई गीतमा समेटिएको छ । समर्पित मन पुष्कलको उत्कृष्ट शब्द सिर्जना रहेको सो गीतमा शिव कुँवरले लय सिर्जना गरेका छन । गीतमा सारिका के ।सी र शंकर ओलीको मनमोहक अभिनय समेत देख्न सकिन्छ ।

सागर गौत्तमको छायाँकन,दिपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । गीतलाई आम दर्शक तथा स्रोताले निकै मन पराउने अपेक्षा निमार्ण पक्षले लिएको छ ।

For More videos Log on to Mazzako TV