नेपाली चलचित्रको हालत बिचरा छ। प्रत्येक हप्ता २/३ वटा नेपाली चलचित्र हलमा रिलिज हुन्छन तर कुनै कुनै बाहेक सबै हप्ता दिन पनि चल्दैनन्। यस्तै हाल भएको छ चलचित्र ‘कुम्भकरणʼ को। तीन वर्ष अगाडि नै छायांकन गरिएको चलचित्र गत हप्ता रिलिज भएको थियो।

गौरव पहारी, निशा अधिकारी, भोजराज सापकोटा, अभय बराल लगायतका कलाकार रहेको कुम्भ करणलाई दिपक ओलीले निर्देशन गरेका हुन्। मल्टिप्लेक्समा एकदमै कम शो पाएको कुम्भ करण ५ दिन मै उत्रियो। दर्शकले मन पराए पो फिल्म लामो समयसम्म चलिरहन्छ त। कुम्भ करणलाई न त दर्शकले नै माया दिए न हलवालाले नै।

अझ यो चलचित्रका लागि घातक बन्न आईपुग्यो हिन्दी चलचित्र ‘भारतʼ। चलचित्र बिकास वोर्डले जुनै भाषाको चलचित्र नेपालमा रिलिज गर्दा शुक्रबार नै गर्नुपर्ने नियम बनाए पनि व्यक्तिगत व्यवसायमा हस्तक्षेप भएको भन्दै मुद्दा चल्यो र वोर्ड आफ्नो अडानमा रहन सकेन। ‘भारतʼ नेपाली दर्शकका लागि पनि प्रतिक्षित चलचित्र हो त्यसैले मल्टिपेल्क्स पनि भारतलाई धेरै शो दिन चलचित्र कुम्भ करणलाई हटाउन पर्यो।

कुम्भ करण मस्त सुतेकाले होला कुनै वास्ता भएन र नेपाली फिल्म मार्केटमा हिन्दी फिल्म हाबी भयो। प्रतिश्पर्धा नेपाली फिल्महरूमा नै छ अझ ग्लोबल वाईज जाँदा अरू भाषाका चलचित्रहरू सङ्ग पनि नेपाली फिल्मले प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ त्यसैले राम्रो चलचित्र बन्नु आवश्यक छ जसलाई दर्शकले पनि राम्रो भनुन्, हलवालाले पनि उतार्न अघि पटक पटक सोच्न परोस् र यसरी कुम्भ करण जस्तै ५ दिन मै हलबाट उत्रिन नपरोस्।

For More videos Log on to Mazzako TV