ए मेरो हजुर ३ को ग्राण्ड सफलता पछि नायक अनमोल केसी अहिले आफ्नै होम प्रोडक्सनको चलचित्रको तयारीमा छन्। ए मेरो हजुर ३ पछि केहि समय ब्रेक लिने बताएका अनमोल अहिले स्क्रिप्टमा काम गर्दै छन्। सधै हिट चलचित्र दिदै आएका नायक अनमोललाई राम्रो र उत्कृष्ट चलचित्र दिनुपर्ने दबाब त पक्कै छ। डेब्युबाट नै राम्रो फ्यान फलोअर्स पाएका उनका आलोचक पनि उत्तिकै छन्।

एउटा फिल्म चल्दैमा हिट र अर्को चलेन भने फ्लपको ट्याग दिने आजको फिल्म दर्शकको माझ सबै राम्रा र सुपरहिट फिल्म दिएर अनमोलले आफूलाई सुपरस्टार साबित गरेका छन् र यो स्पेस र साथ यथावत राख्न उनले अबका दिनमा पक्कै झनै मिहिनेत गर्नुपर्ने छ। अनमोल यो ठाउँमा आईपुग्न भुवन केसीको महत्वपूर्ण भूमिका छ। आफ्नै पिताको मार्गदर्शनले उनलाई मेगास्टार बनाएको कुरालाई नकार्न मिल्दैन। सबै प्रोजेक्टमा पिताको सल्लाह लिने अनमोलले पक्कै भुवनकै सल्लाहमा होम प्रोडक्सनको लागि नै तयारी सुरू गरेका हुन सक्छन्।

अनमोलले केहि समयका लागि ब्रेक लिने बताएका बेला भुवनले एक कार्यक्रममा अनमोल दसैं पछि फ्लोरमा जाने होम प्रोडक्सनको चलचित्रको स्क्रिप्टमा व्यस्त रहेको बताएका छन्। यसबाट यो पुष्टि हुन्छ कि अनमोल भुवनकै निर्देशनमा फिल्म सेलेक्ट गर्ने र काम गर्ने गर्छन्। युवापुस्ता माझ लोकप्रिय अनमोल नेपाली चलचित्र क्षेत्रका लागि अनमोल सावित हुनलाई राम्रो चलचित्रमा काम गर्दै अगाडि बढ्नु जरूरी छ।

ए मेरो हजुर ३ का सफलता कारण झनै उनले उत्कृष्ट स्क्रिप्ट र टीम सङ्ग काम गर्नुपर्ने छ। त्यसैले होला, अरूलाई विश्वास गर्न नसकेर उनि आफ्नै प्रोडक्सनको चलचित्रमा काम गर्न लागेका !

For More videos Log on to Mazzako TV