४ वटा बिदा बाहेक शुक्रबारमात्र फिल्म रिलिज हुने प्रावधानमा चलचित्र संघका सदस्यबाट उल्लंघन हुने काम भएको भन्दै चलचित्र निर्माता संघले ध्यानाकर्षण भएको जनाएको छ ।

४ वटा बिदा बाहेक शुक्रबार मात्र सिनेमा रिलिज गर्न दिने चलचित्र विकास बोर्डले अडान लिएपछि भोलीबाट रिलिज हुन लागेको फिल्म भारतका वितरक ब्यांकटेस इन्टरटेन्मेन्टले अदालतको ढोका ढकढकाएको थियो । अदालतले स्वतन्त्र व्यापारमा हस्तक्षेप नगर्नु भनेर फैसला सुनाएपछि भारत भोलीबाट नेपालमा रिलिज हुँदैछ । यसपछि विज्ञप्त जारी गर्दै संघले नेपाली फिल्मलाई पहिलो प्राथमिकतामा राखेर गरिएको नियमलाई उल्लंघन गर्न संघले विज्ञप्तीमा भनेको छ ।

संघको विज्ञप्तीमा भनिएको छ–‘चलचित्रको प्रदर्शनलाई आफ्नै प्रक्रिया र पद्धतीबाट व्यवस्थित गर्नुको ध्येय विशुद्ध रुपमा स्वदेशी चलचित्रलाई पहिलो प्राथमिकतामा राखी कुनैपनि भाषाका चलचित्रहरुलाई सर्वसुलभ रुपमा प्रदर्शन हुने पद्धती र परिपाटिको विकास गर्नु रहेको हुँदा नेपाल चलचित्र संघ सम्पूर्ण सरोकारवाला निकाय र सम्बन्धित पक्ष समक्ष शुक्रबार मात्र चलचित्र प्रदर्शन गरिनुपर्ने प्रावधान लागू गराउन जोडदार अपिल गर्दै ध्यानाकर्षण गराउँदछ ।’

For More videos Log on to Mazzako TV