अष्ट्रेलियामा अभिनेत्री वर्षा राउतले खुलेको पहिरन लगाएपछि अहिले चर्चामा छ । जात्रै जात्राको विशेष शोका लागि अष्ट्रेलिया पुगेकी अभिनेत्री बर्षा राउत अत्याधिक क्लिभेज खुलेको पहिरन लगाएपछि उनको ट्रोल पनि बनेको छ ।

बर्षा बिहेपछि हट बनेको चर्चा पनि सुरु भएको छ । बिहे अगाडि सामान्य पहिरनमा देखिदै आएकी बर्षा बिहेपछि भने हट देखिन थालेकी छिन् । जात्रै जात्राको शोमा उनले लगाएको वन पिस पहिरनले भने खुबै चर्चा पाइरहेको छ । चलचित्र जात्रै जात्राले नेपालमा मात्र होइन, अष्ट्रेलियामा पनि चर्चा पाएको छ ।

बर्षा राउतको पहिरनको चर्चाले यसलाई भने ओझेलमा पारिदिएको छ । प्रदिप भट्टराई निर्देशित फिल्मको अष्ट्रेलिया शोका लागि निर्देशक, निर्माता रविन्द्र सिंह बाँनिया, कलाकार विपिन कार्की र बर्षा राउत अष्ट्रेलियामा छन् ।

For More videos Log on to Mazzako TV