अभिनेता खगेन्द्र लामिछाने नयाँ फिल्म निर्देशनमा लागेका छन् । उनको डेब्यू निर्देशनमा बन्ने फिल्म पानीफोटोको घोषणा भएको छ । यो फिल्ममा खगेन्द्रकै कथा छ । यो फिल्मले पन्ध्र बर्ष अगाडि वेपत्ता भएको छोराको पर्खाइमा रहेका बाबु आमाको कथालाई उठाउनेछ ।

फिल्ममा सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, वुद्दि तामाङ, कमलमणी नेपाल, आशान्त शर्मा, श्यामकुमार खड्काको मुख्य भूमिका छ । यो सन् २०११ मा गुरुकुलमा मञ्चन भैसकेको नाटक पानी फोटोमा आधारित छ ।

पानी फोटोले द्धन्द्धकालको कथा भन्ने खगेन्द्रले बताएका छन् । खगेन्द्रका अनुसार, उनको यो सपनाको प्रोजेक्ट हो । यसैले पनि उनले यो सिनेमा आफै निर्देशन गर्न लागेका हुन् ।

For More videos Log on to Mazzako TV