पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको फिल्म मारुनीको फस्टलुक रिलिज भएको छ । फिल्मको फस्टलुकमा अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई देखाइएको छ । फिल्ममा रेबिका गुरुङको पनि मुख्य भूमिका छ ।

नवल नेपालले यो फिल्मलाई निर्देशन गरेका हुन् । फिल्ममा संजय लामाको छायांकन छ । फिल्म मारुनीको कथावस्तुको बारेमा अहिले केही पनि खुलाइएको छैन ।

मारुनी फिल्म अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको लागि नै महत्वपूर्ण छ । साम्राज्ञी दर्शकलाई फरक स्वादको फिल्म दिन आतुर छिन् । यस्तै, अभिनेता पुष्प खड्का दाल भात तरकारीपछि दर्शकलाई फरक भूमिकामा नयाँ स्वाद पस्कन तयार भएका छन् ।
यो फिल्म भदौको १३ गतेबाट रिलिज हुँदैछ ।

For More videos Log on to Mazzako TV