दर्शक तथा समिक्षकहरुबाट राम्रो प्रतिक्रिया पाएको फिल्म ‘जात्रै जात्रा’ ले अष्ट्रेलियामा रेकर्ड कायम पक्का भएको छ । ‘जात्रै जात्रा’ ले अष्ट्रेलियामा नेपाली फिल्म इतिहासमै अहिले सम्मकै राम्रो शो पाएको हो । नेपालमा तेश्रो सातामा मल्टिप्लेक्समा प्रदीप भट्टराई निर्देशित फिल्मको शो समेत थप गरिएको छ । मल्टिप्लेक्समा तेश्रो सातामा पनि आक्रमक रुपमा ‘जात्रै जात्रा’ को टिकट बिक्री भैरहेको छ ।

शो थप भएपछि फिल्मका सम्पूर्ण जसो युनिट अष्टेलिया पुगेका छन् । निर्देशक प्रदीप भट्टराई, अभिनेता बिपिन कार्की, नायिका बर्षा राउत र निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ अष्ट्रेलिया शोको लागि गएका हुन् । त्यहाँ ‘जात्रै जात्रा’ ले शो नै शो पाइरहेको छ । ‘जात्रै जात्रा’ले नेपाली फिल्म हलबाट पहिलो सातामै चार करोड बढी ग्रस व्यापार गरेको थियो । दोश्रो साताको व्यापार निर्माण युनिटले सार्वजनिक गरेको छैन ।

सुन र पैसाको पछि लाग्ने तीन युवाको वरीवरि घुमेको फिल्ममा बिपिन कार्की, रविन्द्रसिंह बानियाँ र रबिन्द्र झा मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यी सँगै नायिका बर्षा राउत लगायत अन्य कलाकाहरुको अभिनय छ । फिल्मलाई दर्शकले अत्याधिक रुचाइरहेका छन् ।

For More videos Log on to Mazzako TV