नायिका प्रियंका कार्की नेपालकै व्यस्त नायिका हुन् भन्नेमा दुई मत पक्कै छैन। चलचित्र, म्युजिक भिडियो, विज्ञापन, प्रोडक्ट लन्च देखि अन्य सामाजिक ईभेण्ट मा पनि बराबर देखिने प्रियंकाले अहिले आफ्नै चलचित्र प्रेमदिवसलाई भने समय नदिएको देखिन्छ।

प्रियंकाले पहिलो पटक आफ्नै प्रेमी आयुषमान देशराज श्रेष्ठ जोशीको अपोजिटमा काम गरेको चलचित्र हो प्रेमदिवस। प्रदिप भारध्वजको लेखन र योगेश घिमिरेको निर्देशनमा बनेको चलचित्र प्रेमदिवस रिलिजको समय नजिक आईपुग्दा पनि प्रियंकाले समय दिएकी छैनिन्। चलचित्रको दुईटा गीत र ट्रेलर समेत रिलिज भईसकेको छ।

प्रियंका आफ्नो धेरै थोरै जस्तै भूमिका भएको प्रोजेक्ट सधै सेयर गर्ने नायिका हुन् तर उनलाई प्रेमदिवसलाई समय दिन के ले रोक्यो त्यो त उनैलाई थाहा होला। प्रियंका भर्खर फ्रान्सबाट कान्स फिल्म फेस्टिवलमा सहभागी भएर नेपाल फर्केकी छिन्। कान्समा सहभागी हुदा उनको प्रस्तुति र पहिरनलाई लिएर धेरै कन्ट्रोभर्सी आए। सायद यहि कारणले गर्दा उनले मिडियामा प्रस्तुत भएर आफ्नो चलचित्रको बारेमा पनि बोल्न नचाहेको हुनपर्छ।

प्रियंका आफ्नो कामलाई लिएर निकै उत्साहित हुने नायिका हुन्। अनलाईन मिडिया र सोसियल मिडिया मार्फत आफ्नो प्रोजेक्टको जानकारी दिइरहने उनले प्रेमदिवसलाई किन समय दिईनन् त्यो पक्कै चासोको विषय हो।

For More videos Log on to Mazzako TV