नायिका स्वस्तिमा खड्कालाई चलचित्र बुलबुलले एउटा उत्कृष्ट नायिकाको दर्जा दिलायो। धेरै चलचित्रमा काम गरेकी स्वस्तिमालाई प्राय उस्तै उस्तै भूमिकामा देखिन्थ्यो तर चलचित्र बुलबुलमा उनलाई एउटा फरक चरित्रमा देखियो र उनले सो चरित्रलाई एकदमै न्याय गरेको पाईयो। बुलबुलले दिएको उत्कृष्ट समिक्षाले नै होला सायद उनी आर्ट मुभिमा आकर्षित भएकी छिन्। चलचित्र बुलबुल पछि उनि अहिले हेमराज बिसिको चलचित्र घामट शेरेमा काम गर्दै छिन्।

उनी यस चलचित्रमा आफ्नै श्रीमान निश्चल बस्नेतको अपोजिटमा देखिदै छिन्। उनी यस चलचित्रमा पनि अलि भिन्न भूमिकामा नै रहेको उनको फेसबुक र ईष्टाग्रामको पोस्टले सङ्केत गर्छ। ईष्टाग्राममा फोटो सेयर गर्दै यस्तो राम्रो चलचित्रको अंश हुन पाउँदा खुसी भएको बताएकी छिन्। उनि यो चलचित्र आफ्नो करियरको अर्को उत्कृष्ट चलचित्र हुनेमा ढुक्क देखिन्छिन्। चलचित्र घामट शेरेमा स्वस्तिमा सामान्य महिलाको भूमिकामा देखिदै छिन्।

यसअघि बुलबुलमा उनि सामान्य अनि टिपिकल टेम्पो ड्राइभरको भूमिका मा देखिएकी स्वस्तिमाले उत्कृष्ट काम गर्दै चर्चा र प्रंशम्सा पाईन्। उनि यस चलचित्रबाट पनि उस्तै तारिफ र चर्चा पाउने आशामा पक्कै छिन् किन कि यो चलचित्रको कथावस्तु राम्रो र दर्शकले रूचाउने खाल्को रहेको बताईएको छ र अझ मुख्य कुरा उनि यो चलचित्रमा आफ्नै श्रीमान निश्चलसङ्ग सहकार्य गर्दै छिन् जो एक कुशल निर्देशक र कलाकार हुन्।

स्वस्तिमाको घामट शेरे प्रतिको उत्साह र आशा देख्दा उनलाई यो चलचित्र आफ्नो करियरको अर्को बुलबुल हो भन्ने लागेको हुनुपर्छ। सबै खाले चरित्रमा अभिनय गर्न सक्ने खुबी भएकी स्वस्तिमाको आशा निराशामा परिणत नहोस्।

For More videos Log on to Mazzako TV