बालाजुमा रहेको एनएफडीसीको परिसरमा रहेको २७ रोपनी जग्गा सरकारी हो । सरकारले लीजमा दिएको यो जग्गा अहिले खुम्चिएर ६.७५ रोपनीमा झरेको छ । आखिर, सरकारी सम्पत्ती कहाँ गयो ? यो बिषयमा कसैले मुख खोल्न सकेका छैनन् । तर, अभिनेत्री करिश्मा मानन्धरले भने अब म बोल्छु भन्दै यो बिषयमा मुख खोलेकी छिन् ।

उनले, सरकारी जग्गा लिजमा दिइएको भएपनि अहिले बेचिएको भन्ने आफूले सुनेको भन्दै यसको छानविन गर्न सरकारसँग माग गरेकी छिन् । आखिर, यत्रो रोपनी जग्गा लिजमा लिएर बेच्ने काम किन भयो भन्दै उनले छानविनको माग गरेकी हुन् । उनले यो बिषयमा कोही बोल्छ कि बोल्दैन भन्ने आफूलाई मत्तलब नभएको भन्दै आफू बोल्ने बताएकी छिन् ।

उनले एनफएडीसी परिसरको सो स्थानमा पहिले स्टूडियो, फिल्म सुटिङका लागि पर्याप्त जग्गा भएको उल्लेख गरेकी छिन् । तर, अहिले यी सबै कुरा इतिहास भएको उनको तर्क छ ।

For More videos Log on to Mazzako TV