अभिनेता भूवन केसी ठूलो क्यानभासमा लभ स्टोरी फिल्म बनाउन सिपालु छन् । भूवन केसीले बनाएका फिल्ममा क्यानभास ठूलो देखिएको छ । तर, उनले गतबर्ष भने क्याप्टेन फिल्म बनाए । फुटबलको कथामा बनाएको यो फिल्मलाई पनि उनले क्यानभास ठूलो तयार पारेर बनाएका थिए ।

भूवनले कथा मात्र फरक रोजे । भूवनलाई क्याप्टेनले नयाँ रेकर्ड ब्रेक गर्ने अपेक्षा थियो । तर, त्यस्तो भएन । भूवन केसीले क्याप्टेन बनाएर कमाएको रकमको तेब्बर पैसा अभिनेता अनमोल केसीलाई नै लिएर निर्माता सुनिलकुमार थापाले कमाए, ए मेरो हजुर ३ बाट । भूवनले क्याप्टेनबाट जुन खालको तारिफ पाउँछु भनेर सोचेका थिए, त्यो पाएनन् ।

यसैले भूवन केही निराश बने । अब, भूवन केसीले यस्तो फरक कथामा सिनेमा नबनाउने तयारी गरेका छन् । उनले अहिले लेखिरहेको फिल्मको कथामा लभ स्टोरी कथा नै छ । लभ स्टोरी कथामा सिनेमा बनाएर राम्रो रकम कमाउने उनको दाउ छ । फिल्मका लागि अभिनेता अनमोल केसी हुने वा नहुने नै पक्का छैन । अभिनेत्रीको बारेमा त कुनै छलफल नै छैन । तर, भूवनले आफूले बनाइरहेको जनरामा नै फिल्म बनाउने तयारी थालेका छन् ।

For More videos Log on to Mazzako TV