नेपाली चलचित्र ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा सुरज तामाङ र शैलु आरएल सिंहको आवाज रहेको छ । सन्तोष पोखरेलको शब्द र करण राज कार्कीको संगीत उक्त गीतमा राखिएको छ ।

योगेश घिमिरे निर्देशित चलचित्रमा अभिनेता आयुष्मान देशराज र अभिनेत्री प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ । जेठ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको उक्त चलचित्रमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेल लगायतका कलाकारहरुको पनि अभिनय छ ।

For More videos Log on to Mazzako TV