अनमोल गुरुङ निर्देशित फिल्म ‘आप्पा’ को ट्रेलर सार्वजनिक भएको छ । बाबु र छोरा बिचको सम्बन्धलाई मज्जाले प्रस्तुत गरिएको ट्रेलर बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । फिल्ममा अभिनेता दयाहाङ राई आप्पा अर्थात् बुबाको भूमिकामा छन् । अभिनेता दयाले फिल्ममा ड्राइभरको भूमिका निभाएका छन् ।

असार १३ गतेबाट नेपाल भारत लगायत अन्य देशहरुमा पनि फिल्म रिलिज हुने छ । दयाहाङंंगै र सिद्धान्तराज तामाङ अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतको अभिनय छ । यसमा रुदेन सादा लेप्चाको लगानी छ ।

अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माबो हाङ हुन् । ‘आप्पा’ मा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ । फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

For More videos Log on to Mazzako TV