धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाहिर बार स्थानीयले डोजर लगाएर भत्काएका छन् । बुधबार स्थानीयले डोजर लगाएर रंगशालाको टिनको बार भत्काएका हुन् । मंगलबार मात्र रंगशालाको जग्गालाई बार लगाइएकोे थियो । यो घटना राजनीतिबाट प्रेरित भएको सिताराम कट्टेल धुर्मुसले बताए । उनले रंगशाला निर्माणमा खटिएका कामदारालाई धम्की आउँने गरेको समेत बताए ।

यस्तो खाले प्रहारले आफुलाई दुखी बनाएको भन्दै धुर्मुस भावुक भएका छन् । आफ्नो घरपरिवार, पेशा त्यागेर देशको खुसीका लागि सामाजीक कार्यमा लागेको बताउँदै योे घटानालाई लिएर निकै भावुक बने ।

स्थानीयले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई आग्रह गरेको थिए । फाउन्डेसनले रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन आएपछि यसबारेमा कुरा गर्नेभन्दै तारबार लगाएपछि बुधबार बिहानै रंगशालाको तारबार भत्काइएको हो ।

For More videos Log on to Mazzako TV