बिरबिक्रम २ बाट केही सन्तोष र चर्चा पाएकी नायिका बर्षा सिवाकोटिलाई बिहे गर्न रहर लागे जस्तो छ। उनले ूरहर छू भन्दै सारी र गरगहनाले सजिएको फोटो पोस्ट गरेकी छिन्।
कहिले स्टाटस त कहिले अनौठो फेसनले चर्चा पाइरहेकी बर्षालाई फेरि, उनले सेयर गरेको तस्बिरले अर्को चर्चा दिएको छ।

निकै एक्स्प्रेसिभ हुदै आएकी बर्षालाई अब जे पोस्ट गरे नि जे बोले नि खासै फरक नपर्ने जस्तो देखिन्छ। इन्डस्ट्रीभित्रका कुरा होस् या अरु केही सब्जेक्ट, आफु आफ्नो अभिब्यक्ति दिन पछी नपर्ने बताउने बर्षाले अब त आफ्नो इच्छा र चाहना पनि खुलेर नै सोसियल मिडियामा सेयर गर्न थालेकी छिन्। आफ्नो पर्सनल र प्रोफेसनल जीवन पनि फेसबुक र इन्स्टाग्राम बाट एक्स्पोस गरिरहेकी बर्षालाई धेरै एक्स्पोसिभ हुँदा धेरै चर्चा र फ्यान कमाइने भ्रम भएको हुन सक्छ।

फ्यान कमाउन र चर्चा पाउन चलचित्रमा राम्रो काम गर्नु पर्छस यसरी घुमाउरो शैलीमा बेलुही बन्न रहर लागेको जस्ता पोस्ट र कन्ट्रोभर्सी ल्याउने स्टाटसले सस्तो चर्चा मात्रै कमाउन सकिने कुरा बर्षालाई कसले बुजाइदिने ?

For More videos Log on to Mazzako TV