शुक्रबारदेखि जात्रै जात्रा प्रदर्शन भएको २ साता पुरा हुन्छ । फिल्म तेश्रो सातामा प्रवेश गर्दैछ । तर, सिनेमाले व्यापारिक रुपमा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । जात्रै जात्रालाई तेश्रो हप्तामा पहिलो हप्ताको भन्दा धेरै शो मिलेको छ ।

काठमाण्डौको क्यूएफएक्सले यो चलचित्रलाई तेश्रो हप्ताको शुक्रबार २१ शो दिएको छ । पहिलो साता चलचित्रलाई क्यूएफएक्सले १९ शो दिएको छ । हप्ता बढ्दै जाँदा फिल्मको शो घट्ने गर्दछ । तर, जात्रै जात्राका लागि भने उल्टो भएको छ । फिल्म तेश्रो हप्तामा शोज बढाएर सानदार तरिकाले चलिरहेको छ ।

फिल्म जात्रै जात्रालाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV