अभिनेत्री विनिता बरालले बिहे गरेकी छिन् । उनले आफ्ना प्रेमी तिलक पौडेलसँग अमेरिकामा नै बिहे गरेकी हुन् । तिलक र विनिता लामो समयदेखि प्रेममा छन् ।

विनिताका अनुसार उनले पश्चिम भर्जिनियाको वृन्दावन मन्दिरमा बिहे गरेकी हुन् । उनीहरुले नेपाली परम्पराअनुसार नै बिहे गरेका छन् । बिहेमा जन्ती भने थोरै उपस्थित थिए । विनिता र तिलकले इन्गेजमेन्ट गरेको पनि केही समय भयो ।

चपली हाइट डेब्यू गर्ल विनिताले फुलस्टप, सुपरहिट जस्ता फिल्म खेलेकी छिन् । तर, उनले अब आफ्नो घरजम नै अमेरिकामा गरेकी छिन् ।

For More videos Log on to Mazzako TV