रणवीर ब्यस्त कि मोडलसँग मस्त ? (फोटो फिचर)
केही अघिसम्म नायक रणवीर सिंह ब्रान्डको एन्डोर्समेन्टबाट टाढै रहन्थे । तर अहिले उनी चलचित्रको काम सँगै बान्ड एन्डोर्समेन्टको काममा पनि उत्तिकै ब्यस्त हुन थालेका छन् । आजकाल उनलाई भ्याई नभ्याई नै हुन थालेको छ । उनी विज्ञापन जगतमा मज्जाले जमेका छन यतिबेला ।
हालसालै उनले डुरेक्स कण्डमको विज्ञापनमा खेलेर निकै चर्चित बने । त्यसपछि यतिबेला उनी जिन्सवेयर रोडस्टार ब्रान्डको ब्रान्ड एम्बेसडर बनेका छन् । कम्पनीले यो नयाँ फेसन विषेश गरेर युवाहरुलाई लक्षित गरेको बजारमा पठाउने गरेको छ । युवाहरुको मनमा अहिले रणवीर नै बस्न सफल भएकाले उनलाई ब्रान्ड एम्बेसडर बनाईएको हो । रणवीर पनि निकै सोचेर मात्रै कुनै पनि ब्रान्डसँग एसोसिएट हुने बताउछन ।
‘म धेरै सोचेर मात्र ब्रान्ड एन्डोर्सको काम गर्छु’, रणवीर भन्छन ‘जुन प्रोडक्टसँग एसोसिएट हुन्छु त्यो सफल हुनु पर्ने मेरो मान्यता छ साथै त्यो प्रोडक्ट पहिला त मलाई नै मन पर्नुप¥यो ।’ उनका अनुसार रोडस्टार ब्रान्डका कपडाहरु क्वालिटीयुक्त रहको उनी बताउछन् ।