बलिउडमा पछिल्लो समयका एक्सन स्टार टाइगर श्राफ फुर्तिला कलाकारमा गनिन्छन् । तर उनलाई निकै सुस्त भएको आरोप लागेको छ । हो, उनलाई यो आरोप उनको को-स्टार र प्रेमिका भनिएकी दिशा पटानीले लगाएकी हुन् ।

हालैमात्र एक मिडियासँग कुरा गर्ने क्रममा दिशाले टाइगर निकै नै स्लो मानिस भएको बताएकी हुन् । उनले भनेकी छन, “मैले उनलाई प्रभावित बनाउनका लागि के–के सम्म गरिनँ । जिम्नास्टिक सिकेँ, मैले चलचित्रमा आगोमाथि दौडने काम समेत गरेँ । तर, उनी अझै मबाट प्रभावित छैनन् । अब, भन्नुहोस् उनका लागि अझै म के गर्न सक्छु ?” कोही एकजनाले मौनतालाई चिर्नु आवस्यक भएको हुनाले दिशा मिल्ने साथी भन्दा एक कदम माथि जान चाहेको जिकिर गर्छिन् ।

For More videos Log on to Mazzako TV