प्रकाश सपुतको फरक खुबी छ । कहिले उनि ‘बोला माँया’ जस्तो गाँउ बेसीको आवाज बन्छन् त कहिले दोहोरी ब्याटल ल्याउछन् र फरक चर्चा बटुल्छन् । उनै प्रकाशले अर्को लोक दोहोरी गीत ‘गलबन्दी’ ल्याएका छन् । गलबन्दीलाई प्रकाशले ‘बोलमाया’को प्रिक्वेल भएको बताएका छन् । उक्त गीतमा रोधीको माहोल लाई प्रस्तुत गरिएको छ । युटुबमा रिलिज गरिएको ३ दिनमै करिब २ मिलियन भिउज उक्त भिडियोले प्राप्त गरिसकेको छ ।

गीतमा स्वर शान्ति श्री परियार र प्रकाश स्वमको छ भने शब्द,लय, संगीत, निर्देशन पनि प्रकाश आफैले गरेका छन् । भिडियोमा मोडल अञ्जली अधिकारी, प्रकाश सपुत , बिप्लप बि.क ,कर्बिन गैरे लगाएत अन्यको अभिनयमा मिठो लोककथा समेत प्रस्तुत छ ।

For More videos Log on to Mazzako TV