अभिनेत्री करिश्मा मानन्धरले अब कुनै पनि पार्टीको बासुरी बजाएर नबस्ने भन्दै डाक्टर बाबुराम भट्टराइसँगको राजनीतिक सहकार्य तोडेकी छिन् । केही बर्ष अगाडि मात्र करिश्मा बाबुरामले स्थापना गरेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेकी थिइन् ।

नयाँ शक्ति पार्टीमा प्रवेश गर्दा उनमा देखिएको जोश र जागर सेलाएको छ । करिश्माले राजनीतिलाई गाह्रो काम पनि भनेकी छिन् । पार्टीमा आफ्नो विचार राख्नका लागि पदको पनि आवश्यकता पर्ने भएको भन्दै पदका लागि आफूले अरुको जस्तो राजनीति गर्न नसक्ने पनि बताएकी छिन् ।

कतै कतै करिश्मालाई पार्टीमा आत्मसम्मान नमिलेको पनि देखिएको छ । करिश्माले आफू स्वतन्त्र रुपमा ललितपुरबाट चुनाव लड्न सक्ने समेत बताएकी छिन् ।

For More videos Log on to Mazzako TV