झरनालाई सुहानाको चिन्ता
नायिका तथा निर्देशक झरना थापा आफ्नी गूडिया रानी यानिकी ए मेरो हजुर ३ डेब्यु नायिका सुहाना थापाको तारिफ र प्रमोसन गर्न कुनै कसुर छाड्दिनन्। डाइरेक्ट होस् या त घुमाउरो शैलिमा झरना आफ्नी छोरीलाई मिडियामा हाईलाइट गर्न चाहन्छिन।

ए मेरो हजुर ३ को यूरोप टुरमा छन् अहिले, झरना र सुहाना। झरनाले आफ्नी छोरीलाई कती माया र सपोर्ट गर्छिन त्यो त उनको फेस्बुक र इन्स्टाको पोस्ट हरु बाट नै छर्लङ छ। सुहानाको फोटो सेयर गरेर होस् या उस्को बारेमा मिडियामा तारिफ गरेर होस् उनी सुहानालाई हिट बनाउने होडमा छिन्। सुहानाको प्रोमोसनमा झरना धेरै नै उत्साहित छिन्।

अझ ए मेरो हजुर ३ मा दर्शकले सुहानाको काम मन पराए पछी झरनालाई के खोज्छस कानो आखो भएको हुन पर्छ। उनी अब झन खुलेर नै सुहानाको तारिफ गर्न पाएकी छिन्। कहिले अनमोललाई ज्वाँई बनाउने कुरा त कहिले भागवद गीता बनाउने भन्दै उनले सुहानालाई नै प्रोमोट गर्न खोजेको देखिन्छ। जसरी भएनी झरना सुहानाको मिडियामा चर्चा गराउन चाहन्छिन्।
सुहानाको हरेक गतिविधीलाई घुमाउरो शैलीमा मिडियामा ल्याउन किन खोज्छिन झरना त्यो त उनैलाई थाहा होला तर झरनालाई आफ्नी छोरी सधैं हिट रहोस् भन्ने त पक्कै छ। कृष्णको परम भक्त रहेकी सुहानालाई निर्माता बुवा सुनिल कुमार थापा र नायिका तथा निर्देशक आमा झरना थापाको साथ चाँही गज्जब कै छ के।
For More videos Log on to Mazzako TV