ऐश्वर्य डेब्यु नायिका दीपिका प्रसाईं नेपाली चलचित्र क्षेत्रको लागि निकै आशालाग्दो अनुहार हो। डेब्यु बाट नै आफुलाई सफल नायिकाको रुपमा स्थापित गरेकी दिपिकाको चर्चा औधी नै थियो। धेरै निर्माता निर्देशक दिपिकालाई आफ्नो चलचित्रमा लिन चाहन्थे। तर जब दिपिका र ऐश्वर्य निर्देशक दिवाकर भट्टराईको प्रेम सार्बजनिक भयो तब दिपिकाको क्रेज केहि हिसाबले चुलियो त केहि हिसाबले खस्कियो पनि।

ऐश्वर्य पछि दिपिकालाई दिपक दिपाको छक्का पन्जा ३ मा देखियो। छक्का पन्जाको टिमको कारणले हो या दिपिकाको कामले , छक्का पन्जा ३ पनि ब्लक्बष्टर भयो। त्यसपछी दिपिकालाई दर्शकले ठूलो पर्दामा देख्न पाएका छैनन् । उनी आफ्नो लभ लाईफमा नै ब्यस्त रहिन। कोर्ट म्यारिज गरिसकेका दिवाकर र दिपिकाले इङ्गेज्मेन्ट गरे र होलिडे मनाउन अब्रोड गए। बिच र प्रकृतीमा रोमान्टिक देखिएकी दिपिकालाई दर्शकले फिल्ममा भने देख्न पाएका छैनन्।

भर्खरै बिवाह बन्धनमा बाधिएकी दीपिका आफ्नो मेहन्दी र बिवाहको तस्वीर फेसबुक र इन्स्टामा राख्न ब्यस्त छिन् । प्रान लिचीको एम्बेसेडर रहेकी दीपिकालाई अहिले प्रानको बिज्ञापन र उनले पोस्ट गरेको बिवाहको फोटो बाहेक अन्त काहीं देख्नपाइएको छैन् । उनी आफ्नो बैवाहिक सम्बन्धमा र आफ्नै सन्सारमा मस्त छिन् । आफ्नो ब्यक्तिगत जीवनमा रमाईरहेकि दिपिका, स्वेता थापाको हेलो जिन्दगिमा अनुबन्दित छिन् ।

फ्लोरमा गइसकेको चलचित्र हेलो जिन्दगी, स्वेता थापाको अस्वस्थताका कारण अहिले रोकिएको छ। यसैले होला अहिले दिपिकालाई फुर्सद नै फुर्सद छ र त आफ्नो बिवाहको फोटो सेयर गर्ने मौका मिलेको छ। दिपिकाको बिवाहको फोटो सङै उनको कामको पोस्टहरु पनि देख्न मिले दिपिकाका फ्यान र नेपाली चलचित्रका दर्शकहरु खुसी हुन्थे कि ?

For More videos Log on to Mazzako TV