नाई नभन्नु ल २ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका वर्षा शिवाकोटीलाई हिट हुने रहर धेरै नै रहेछ । नाई नभन्नु ल २ ले केही आशा देखाएको वर्षालाई उनका अरू चलचित्रले निकै निराश बनायो। चलचित्र पशुपति प्रसादमा बोल्न नसक्नेको भूमिकामा काम गरेकी वर्षाले राम्रो काम गरेकोमा राम्रै तारिफ पनि पाइन्।

त्यसपछिका उनका चलचित्र कारखाना, लप्पन छप्पन, पुरानो बुलेट खासै चलेनन् र उनि पनि चलिनन्। उनको भर्खरै रिलिज्ड चलचित्र हो, विरविक्रम २ जुन अहिले दोस्रो सातामा चलिरहेको छ। विरविक्रम २ मा मुख्य भूमिकामा देखिएकी वर्षाले यो चलचित्रबाट निकै चर्चित भईन् तर कारण चलचित्रमा उनको काम भन्दा पनि उनले बेलामौकामा लेखेको फेसबुक स्टाटस रह्यो। फिल्म रिलिज अगाडि र पछाडि बर्षाले आफ्नो चर्चा हुने खाले कुनै मित्रता झल्काउने, कुनै धन्यवाद दिने त कुनै मिडिया र दर्शक प्रति असन्तुष्टी झल्काउने स्टाटस लेखिन्।

उनको आक्रमक स्टाटस आएसँगै उनले मिडियामा राम्रो स्पेस पनि पाइन्। अर्कि नायिका वर्षा राउतसगँको दुस्मनी र मित्रताका स्टाटसले पनि बर्षा शिवाकोटीको नाम खुबै चल्यो। बर्षाको चलचित्रले ठिकठाक व्यापार गर्यो । उनको भूमिकाको चर्चा कम भयो । तर, बर्षालाई स्टाटसले भने सधै चर्चामा ल्याइरहेको छ । बर्षाले साच्चै, हिटका लागि स्टाटसको साहारा लिएकी हुन् कि मनमा लागेको कुरा पोख्न ?

For More videos Log on to Mazzako TV