डेब्यु फिल्मले सफलता नपाउदा धेरै डेब्यु नायक नायिकाको बिलिन हुने अवस्था छ। डेब्युनै फ्लप हुँदा चलचित्र क्षेत्रबाट हराउने धेरै नायक नायिकाको भिडबाट रणबीर डेब्यु नायिका सुपुस्पा भट्ट ले आफुलाई एक फरक स्थानमा राख्न सफल भएको देखिन्छ।

चलचित्र रणबीरबाट नेपाली रजतपटमा पाइला राखेकि नायिका सुपुस्पा भट्टको डेब्युनै फ्लप भयो। रणबीर फ्लप भएसङै सुपुस्पाको करियर पनि अब के होला भन्ने प्रस्न नआएको होइन तर उनलाई बिज्ञापन र चलचित्रको अफर प्रसस्तै आयो। स्प्राईट को बिज्ञापनमा उनलाई नेपालका सुपरस्टार अनमोल केसि सङ देखियो। धेरैको फोटोसुट पनि समेटिएकी सुपुस्पा नेपाली र भोजपुरी चलचित्रका निर्माता र निर्देशकका आखामा परिन्। उनलाई अहिले नेपाली सङै भोजपुरी चलचित्रको प्रसस्तै अफरहरु छन्।

धेरै नेपाली तथा भोजपुरी फिल्ममेकर उनलाईआफ्नो चलचित्रमा काम गराउन उत्सुक छन् । दीपक दीपाको फ्लोरमा गइसकेको चलचित्र छ माया छ्पक्कैमा पनि उनी काम गर्दैछिन्। उनी यस चलचित्रको मुख्य नायिका नभएपनी उनको रोल निकै उल्लेखनिय रहेको बताइएको छ।यसबाहेक उनी अहिले कुनै पनि चलचित्रमा अनुबन्धित भएकी छैनिन्। डेब्यु फ्लप भएपनी सुपुस्पालाई अहिले कामको लर्को निकै चर्को छ।

चलचित्र हिट होस या फ्लप , आफुले राम्रो काम गरेको खण्डमा पक्कै पनि नोटिस भइने ज्वलन्त उदाहरण बनेकी छिन सुपुस्पा। आशा गरौ सुपुस्पा राम्रो चलचित्रमा काम गरेर आफू र आफ्नो काम अझ उत्कृष्ट बनाउने छिन् ।

For More videos Log on to Mazzako TV