नायक अनमोल केसी र नायिका सुहाना थापाको जोडी अहिलेको समयमा एकदमै मनपराइएको जोडि हो । ए मेरो हजुर ३ को सफलताको कारण पनि अनमोल र सुहानाको मिलेको केमिस्ट्री हो भन्ने कुरा पनि छ । सायद यहि कारणले होला नायिका तथा निर्देशक झरना थापा आफ्नो अर्को चलचित्रमा फेरि अनमोल र सुहानालाई नै दोहोर्याउन चाहन्छिन् ।

ए मेरो हजुर ३ अगाडीनै झरना थापाले भागवद गीता बनाउने कुरा थियो तर उनले आफ्नै छोरिलाई अनमोलसंग डेब्यु गराएर ए मेरो हजुर ३ बनाइन् । फिल्म रिलिज हुनु अगाडि अनमोल संग डेब्यु गराएर सुहानालाई ब्याक सप्पोर्ट दिएको कुरा नआएको होइन तर फिल्म रिलिज पश्चात् सुहानाको कामले उत्कृस्ट प्रतिकृया पायो। अनमोलले गर्दा मात्रै नभई सुहानाले गर्दा फिल्म झनै राम्रो भएको भान ए मेरो हजुर ३ ले पक्कै दिएको छ ।

अनमोल र सुहानाको जोडीले दर्शकको राम्रो माया र साथ पाएको छ । यसैले होला झरना फेरि यिनै दुई लाई लिएर चलचित्र बनाउनलाई निकै उत्साहित छिन् । केही समय अगाडि आफ्नो फेसबुकमा मेरो भागवदगीता भन्दै अनमोल र सुहानाको फोटो पोस्ट गरेकी थिइन् र केही दिन अगाडि ए मेरो हजुर ३ को बेलायत शोका लागी सुहानासंगै बेलायत उडेकी झरनाले अर्को चलचित्रमा अनमोलको सम्भावना के होला भन्ने पत्रकारको प्रश्नमा अनमोल सधै पहिलो प्राथमिकतामा रहने जनाइन् ।

भविष्यमा आफूले निर्देशन गर्ने चलचित्र भागवत गीतामा अनमोल र सुहानालाई प्रस्तुत गराउन उत्सुक रहेको र अनमोल संग मौखिक सम्झौता जस्तो भइसकेको बताएकी झरनालाई अनमोलको निकै आश छ जस्तो छ ।
ए मेरो हजुर ३ र सुहानाले सफल हुनु को कारण अनमोल नै हो भन्ने लागेर हो या त अनमोल र सुहानाको केमिस्ट्री दर्शकले मनपराएर हो झरनालाई अनमोलको आश भने औधीनै छ ।

For More videos Log on to Mazzako TV