गायक शंकर थापा ‘स्माइल’को स्वर तथा संगीतमा ‘क्यालकुलेटर’बोलको गीत सार्वजनिक भएको छ । गीतमा डिपी खनालको शब्द रहेको छ भने विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ ।
हास्यकलाकार सागर लम्साल‘बले’ र हरिश निरौला ‘कक्रोज’ लाई रोमान्टिक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा कमलमणि नेपाल ‘खुपीका बाउ’ र साक्षी संग्रौला मधुसुदन पाठक र गम्भिर विष्ट फिचर्ड छ ।

मधुसुदन पाठक ‘सिते बा’ को प्रस्तुतिमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन, सुबोल थापाको सहायक निर्देशन र गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ ।

For More videos Log on to Mazzako TV