फिल्ममा मात्र काम गरिरहेकी नायिका पूजा शर्मा अहिले म्युजिक भिडियोमापनि देखिन थालेकी छिन् । प्रेमगीत चलचित्रबाट अत्याधिक चर्चा पाएकी नायिका पूजा शर्मालाई म्युजिक भिडियोमा खुबै देख्न थालिएको छ । प्रेमगीत पछि म यस्तो गीत गाउँछु, रामकहानी र समालिन्छ कहिले मनमा काम गरेकी पूजा, फिल्ममा मात्रै काम गरेर आफ्नो स्टाटस र क्रेज समाल्न सकेकी नायिकाको रूपमा आफूलाई चिनाइरहेको बेला उनलाई अहिले म्युजिक भिडियोमा देख्न थालिएको छ ।

हुन त पूजा शर्माले म्युजिक भिडियोमा काम नगरेको होइन । चलचित्र क्षेत्रमा आउनु अगाडि नै उनलै धेरै म्युजिक भिडियोमा काम गरेकी थिइन् । तर प्रेमगीतको सफलता सगै उनि चलचित्रको निर्माण र अभिनयमा सक्रिय रहिन् । आफ्नै प्रोडक्सन र ब्यानरमा काम गरिरहेकी पूजा अहिले अरूको ब्यानरको चलचित्रमा पनि काम गरिरहेकी छिन् । पछिल्लो समय उनि अत्यन्तै महङ्गो पारिश्रमिक लिएर चलचित्र पोई पर्यो काले मा काम गर्दै छिन् । पूजा अरूको व्यानरमा काम गर्न सुरू गरे सङ्गै म्युजिक भिडियोमा पनि काम गरिरहेकी छिन् ।

चलचित्रको एउटा गीतमा मात्रै भए पनि पूजा दर्शकमाझ आउन चाहन्छिन् । के पूजालाई आफूले पाएको सफलता अझै चित्त नबुझेको हो या धेरै लोकप्रियता पाउने आशमा या धेरै काम सङ्ख्या देखाउने होडमा छिन् ।

For More videos Log on to Mazzako TV