प्रदिपको गीत बन्ने मौका कस्ले पाउला ?
‘प्रेम गीत’ नेपाली चलचित्र जगतको लागी एक सफल ब्रान्ड हो । यसै फिल्मको तेस्रो सिक्वेलको लागी अहिले काम भैरहेको छ । प्रेम गीत ३’को लागि मुख्य नायकमा ‘प्रेम गीत’ कै नायक प्रदीप खड्का रहनेछन् । मुख्य नायिका खोज्ने काम भने भैराखेको छ ।

यस्तैमा, निर्माण युनिटले चलचित्रको ‘गीत’ पात्रको लागि नायिकाको अडिसन आह्वान गरेको थियो । यस पात्रको लागि युवतीहरुको उत्साह जनक सहभागिता देखियो । देश बाट मात्र हैन विदेशबाट समेत गरेर २ हजार ७ सय १४ जनाले यस पात्रको लागि अडिसनका लागि आवेदन भरेका थिए । जसमध्य बाट उत्कृष्ट २५ युवतीहरुको ‘सर्टलिस्ट’ भएका छन् ।
‘आशुसेन फिल्मस्’को व्यानरमा बन्ने उक्त फिल्ममा सन्तोष सेनले लगानी गर्दै छन् । चलचित्रलाई छेतन गुरुङ र सन्तोस सेनले संयुक्त रुपमा निर्देशन गर्नेछन् । निर्माण टिमले फिल्मको रिलिज मिती चैत २८ गतेलाई पक्का गरेको छ ।
For More videos Log on to Mazzako TV