नेपाली फिल्म ‘रातो टिका निधारमा’ ले शिर्ष गीतबाट फिल्मको छायांकन प्रारम्भ गरेको छ ।
शुक्रवार औपचारिक रुपमा झापाको अर्जुनधारा जलेश्वर धाममा भब्य सेट खडा गरेर छायांकन सुरु भएको छ । फिल्मका निर्देशक अशोक शर्मा हुन् । उनकै निर्देशनमा दशक अघी ‘अल्लारे’ फिल्ममा राजेश हमाल र करिश्मा मानन्धरले ठुम्का लगाएका थिए । यो गीतलाई रिमेक गरेर फिल्म ‘रातो टिका निधारमा’मा समावेश गरिएको छ ।

अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता अंकित शर्मा रिमेक गीतमा ठुम्का लगाउदै छन् । पुरुषोत्तम प्रधानले खिचिरहेको गीतमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ ।
भब्य बनाउन लागिएको गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । पुरुषोत्तम प्रधानले खिचिरहेको गीतमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ । भब्य बनाउन लागिएको गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् ।

For More videos Log on to Mazzako TV