नेपालमा रेलको चर्चा धेरै समय देखी नै भैरहेको छ । यसै सम्बन्धि धेरै गीतहरु पनि बनेका छन । यस्तै रेलमा घुम्न जाने बिषयमा गायक किरण भुजेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘रेलैमा’ बोलको गीतमा डिपी खनालको शब्द, भिम बि सीको सगीत र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ । गीतमा किरणको अलवा निता थापा मगरको पनि स्वर सुन्न सकिन्छ ।

चर्चित डान्सिङ क्र्यु भीमफेदी गाइज र एलिसा शर्माको दमदार नृत्य रहेको भिडियोमा पवन सुस्लिंगको सिनेमाटोग्राफी एबम सम्पादन र निर्मल लामाको निर्देशन रहेको छ । पछिल्लो समय लगातार हिट गीतहरु रिलिज गरिरहेका किरणको यस अघि ‘माया मै संग लाइदेउ’,’बरिलै ‘,कथा काठमाण्डु’ लगायतका गीतहरु सर्वाधिक रुचाइएका गीतहरु हुन ।

For More videos Log on to Mazzako TV